नयाँ वर्षको अवसरमा सलहेश फुलवारीमा लाग्ने मेला स्थगित

  |   प्रकाशित :

 सिरहा । वैशाख १ लाग्ने सलहेश फुलवारी मेला यो वर्ष नलाग्ने भएको छ । 

कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण आउँदो नयाँ वर्ष २०७७ का लागि स्थगित गर्न, मेला नलाग्ने भनी जिल्ला प्रशासन कार्यालय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय सरकारहरूको बुधबार बसेको बैठकबाट निर्णय भएको हो ।

सिरहा जिल्लाको लहान नगरपालिका,गोलबजार नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा आउदै गरेको नयाँ वर्ष २०७७ को बैशाख १ र २ गते लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला नलगाउने निर्णय गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech