रुसले २०२० भित्र कोरोनाविरुद्धको भ्याक्सिन विकास गरिसक्ने

  |   प्रकाशित :

एजेन्सी । रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने भ्याक्सिन निर्माता एजेन्सीले पुष्टि गरेको छ ।

रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको हो । जुनको मध्यसम्ममा प्रिक्लिनिकल चरणमा पुग्ने र पहिलो चरणको क्लिनिकल परीक्षण यस वर्षभित्र भइसक्ने भनेकी छिन् ।

रोसिया २४ टीभी च्यानलमा अन्तवार्ता दिदै स्भोरटोसोभाले यो वर्षको अन्तसम्मा यथार्थ चित्र आइसक्ने बताइन् । यो हप्ताभित्र नै एन्टि कोभिड १९ को एन्डीबोडी तयार भइसक्ने बताइन् । रुसले सटिक तरिकाले परीक्षण गर्न लागेको जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech