५० जना पाकीस्तानी डाक्टर पक्राउ

  |   प्रकाशित :

पाकिस्तान । ५० जना पाकीस्तानी डाक्टरहरु पक्राउ परेका छन् । कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएका ५० जना पाकीस्तानी डाक्टरहरु पक्राउ परेका हुन् । 

पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट नपाएको भन्दै विरोध प्रदर्शन गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पीपीई नपाएको भन्दै उनीहरु मंगलबार बिरोधमा उत्रिएका थिए ।

सोही क्रममा उनीहरु पक्राउ परेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण पाकिस्तानमा ४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ५८ जनाको ज्यान गइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech