बलिउड अभिनेता बरुण मिथुनको नक्कल गर्दै

  |   प्रकाशित :

मुम्बई । कोरोनाका संक्रमण र लकडाउनका कारण बलिउड अभिनेता बरुण धवनको नयाँ फिल्म ‘कुली नम्बर १’ को काम रोकिएको छ ।

यो रिमेक फिल्म हो । जसमा यस अघि गोविन्दा र करिश्मा कपूर थिए । यो फिल्ममा अहिले बरुण र सारा अली खानले अभिनय गरेका छन् । बरुणको यो फिल्मको निर्माण धमाधम भइरहेको अवस्थामा उनको कोरोनाका कारण रोकिएको हो ।

आफूलाई मिथुन चक्रवतीको फ्यान बताउँदै आएका अभिनेता बरुणले यो फिल्ममा मिथुनको नक्कल गरेका छन् । उनले यो फिल्ममा मिथुनको बोल्नेदेखि अभिनय गर्नेसम्म शैलीको नक्कल गरेका हुन् । अब यो फिल्ममा वरुणलाई दर्शकले मिथुन चक्रवर्ती जसरी नै बोलेको सुन्न पाउनेछन् ।

आफूले मिथुनसँग फिल्म खेल्ने चाहना राख्दा पनि अहिलेसम्म नजुरेको अभिनेता धवनको भनाइ छ । सोही कारण मिथुनसँग अनुमति लिएर मिथुन स्टाइलमा यो फिल्ममा आफू प्रस्तुत भएको यी अभिनेताले खुलाएका छन् । आफ्नोको यो स्टाइललाई दर्शकले सकारात्मक लिनेमा उनी आशावादी छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech