भारतीय प्रधानमन्त्री मोदी वास्तवमै महान नेता हुनुहुन्छः डोनाल्‍ड ट्रम्प

  |   प्रकाशित :

काठमाडौं । कोरोनासँगको लडाइमा भारतसंग सहयोग मागिरहेका अमेरिकी राष्‍ट्रपति डोनाल्‍ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेंद्र मोदीको प्रशंसा गरेका छन् ।

अमेरिकी मिडीयाले जनाए अनुसार भारतबाट मगाइएको औषधी हाइड्रोऑक्‍सीक्‍लोरोक्‍वीनको बारेमा बोल्दै डोनाल्‍ड ट्रम्पले ‘कोरोना भाइरसको माहामारीसँग लड्न २.९ करोड खुराक दिएको छ ।’ भनेका छन् । 

‘प्रधानमन्त्री मोदीसँग ‘मलेरिया रोधी’ औषधी बिक्रीको अनुमति माग्दाँ उनको प्रतिक्रिया ‘धेरै राम्रो’ थियो ।’ ट्रम्पले भने, ‘मैले यस औषधिका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने, त्यो हाम्रोलागी जारी गर्नुहुन्छ ?’

‘प्रधानमन्त्री मोदी वास्तवमै एक महान नेता हुनुहुन्छ ।’ उनले भने ‘भारतले यसको आवश्यकतालाई ध्यानमा राख्दै यस औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ, तर मलाई आशा छ कि भारतको तर्फबाट चाँडै राम्रो समाचार आउनेछ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech