कोरोना संक्रमित भेट्ने वित्तिकै गोली हानी मारियो !

  |   प्रकाशित :

काठमाडौं । सँसारका सबैजसो देशमा कोरोना भाइरसको संक्रमित भेटिइसक्दा पनि उत्तर कोरियाले एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । 

उत्तर कोरियामा कोरोना भाइरसका संक्रमितहरु भेटिएको विषय नआएको होइन । तर, उनीहरुलाई मारिदिएको आशंका गरिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनको निर्देशनमा ती कोरोना संक्रमित मारिएको एकजना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिले खुलाएका थिए । 

सेकरेट बेइजिङ नामका ती सामाजिक सञ्जाल प्रयोगकर्ता आफूलाई चीन मामलाका विश्लेषणकर्ता भन्छन् । उनको दाबी अनुसार कोरोना संक्रमितलाई उत्तर कोरियामा गोली हानी मारिएको थियो । यद्यपि त्यसको कतैबाट पुष्टि भइसकेको छैन ।

मार्च महिनाको पहिलो हप्तामा एकजना उत्तर कोरियाली व्यापार अधिकारीलाई गोली हानी मारिएको रिपोर्ट आएको थियो । ती अधिकारीलाई कोरोना भाइरसको क्वारेन्टाइनमा राखिंदा सार्वजनिक स्नानगृहमा पुगेर जोखिम बढाएको भन्दै हत्या गरिएको आइबी टाइम्सले लेखेको छ । एजेन्सीको सहयोगमा

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech