भारतीय क्वारेन्टाइनमा गरिएको व्यवस्थापनबाट नेपालीहरु खुसी छनः साँसद यादव 

  |   प्रकाशित :

वीरगन्ज । भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधवार पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादव त्यहाँ पुगेका छन् ।

कोराना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न  साँसद प्रदीप यादव त्यहाँ पुगेका हुन् । 

भारतमा पनि लकडाउन रहेकोले सिमामा आवतजावत पुर्ण रुपमा अवरुद्ध भएपछि मानिसहरु आउन वा जान पाएका छैन । रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रसाशनले क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ २५ जनालाई राखिएको छ । जसमा १५ जना नेपाली नागरिक रहेको छ । उनीहरुलाई त्यहाँ बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुबिधा उपलब्ध गराइएको छ ।

रुकुम आठजितकोठ गाउँपालिका घर भएका प्रजित नेपाली मार्च ३१ का दिन रक्सोल सिमामा आइपुगेका थिए । उनीसंग अरु १३ जना रहेका छन । अर्को एक जना पटनास्थित होटेलमा काम गर्ने २ युवाहरु पनि त्यहाँ आइपुगेका छन् । भारतीय प्रसाशनले नै यातायातको ब्यवस्थागरी सिमामा उनीहरुलाई ल्याएर पुर्याइदिएको थियो । त्यसपछि उनीहरु क्वारान्टाइनमा बसिरहेका छन् । 

साँसद यादवले त्यहाँ रहेका नेपालीहरुसंग भलाकुसारी गरेका थिए । साँसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुर्यादिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भएका थिए । 

‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले बिशेष परिस्थिती भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ साँसद यादवले भने, ‘समान्य अवस्था हुने बितिकै तपाइहरु आ आफ्नो ठाउँमा जान पाउनु हुनेछ ।’ उनीहरुले यहाँ बसाई सुबिधापुर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech