अवैतनिक दूतहरु कालोबजारीमा समेत सक्रिय, सबै सुविधा खोसियो 

  |   प्रकाशित :

काठमाडौं । अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको भीआईपी कक्षलगायत कूटनीतिक उन्मुक्ति) खोसेको छ। 

कूटनीतिक उन्मुक्ति लिएर कालोबजारीमा समेत अवैतनिक दूतहरु सक्रिय हुन थालेपछि सरकार यो निर्णय गरेको परराष्ट्रका एक अधिकारीले बताए। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति नै जारी गरेर औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अन्य समयमा पनि प्रयोग भएपछि सुविधा बुधबार फिर्ता गरेको हो। 

कुनै पनि प्रकारको सुविधा उनीहरुलाई मन्त्रालयले उपलब्ध नगराउने जानकारी विज्ञप्तिमार्फत दिइउको छ। मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि भन्दै पुनः यस्तासुविधा दिन सक्ने बाटो भने राखेको देखिन्छ। व्यापारीको प्रभाव र लोभमा परेर पुनः यस्ता सुविधा दिन सक्ने स्थान राखेको हुनसक्ने एक अधिकारीले बताए। 

पछिल्लो पटक ज्वरो नाप्ने यन्त्रको अभाव भइरहेका बेला त्यसमा कालोबजारी गर्ने किर्गिस्तानका अवैतनिक दूत (अनररी कन्सुलर) सुलभ अग्रवाललाई कारबाहीको प्रक्रिया अघि बढेपछि सरकारले यस्तो निर्णय लिएको हो। उनको बारेमा परराष्ट्रमन्त्रालयले सम्बन्धित मुलुकलाई समेत जानकारी गराएको छ। अन्नपूर्णपोष्ट् दैनीकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech