कोरोना महामारीकै कारण थप २ नेपालीको मृत्यु, बेलायतमा ज्यान गुमाउनेको संख्या ५ पुगयो

  |   प्रकाशित :

लण्डन। कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप २ नेपालीको मृत्यु भएको छ। याे संगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ।

बुधबार अन्दाजी ७७ वर्षका मृतक कोरोना महामारीकै कारण ज्यान गुमाएका छन् । उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन्। 

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। बुधबार दिउँसो अस्पतालमै मृत्यु भएकाे हाे। सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए। 

यसअघि, लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको थियो । त्यस्तै, ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech