कोरोनाको महामारी चलिरहेको बेलामा गुणस्तरहीन स्यानिटाइजर बजारमा आएपछि...

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको महामारी चलिरहेको बेलामा बजारमा गुणस्तरहीन स्यानिटाइजरको प्रयोग भएको पाएको छ । 

बजारमा गुणस्तरहीन स्यानिटाइजरको प्रयोग भएपछि बुधबार सूचना जारी गर्दै औषधि व्यवस्था विभागले त्यसमा चासो व्यक्त गरेको हो । बजारमा बिक्री भइरहेको ह्याण्ड स्यानिटाइजरमा विभागले तोकेको मापदण्ड पूरा नगरेको पाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल हुनुपर्ने विभागको मापदण्डमा उल्लेख छ । तर, बजारमा बिक्री भइरहेको स्यानिटाइजरमा अल्कोहलको मात्रा पनि तोकिएको जति नभएको र अरु मापदण्ड पनि पूरा नभएको विभागले जनाएको छ ।

बुधबार विभागद्वारा जारी विज्ञप्तिमा ह्याण्ड स्यानिटाइजरमा आवश्यक परिमाणमा अल्कोहल मिसाएको नपाइएको उल्लेख छ । यद्यपि कुन कम्पनीको स्यानिटाइजरमा मापदण्ड कम भएको भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech