दुई साता बितिसक्दाँ पनि अझै छैन स्थानीय तहमा स्वास्थ्यजन्य सामग्री 

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्यजन्य सामग्रीहरू अझै स्थानीय तहका स्वास्थ्य संस्थाहरूको पहुँचमा पुग्न सकेको छैन । सरकारले स्वास्थ्यजन्य सामग्री खरिद गरेको बताए पनि जिल्लास्तर अस्पताल, स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा ती सामग्री पुगेको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय तहको भूमिका महŒवपूर्ण मानिन्छ । स्थानीय सरकार मातहतका स्वास्थ्यका कर्मचारी र महिला स्वयंसेविका जोखिम मोलेर काम गरिरहँदा लकडाउन भएको दुई साता बितिसक्दा अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको गुनासो गर्छन् । सरकारसँग पटकपटक माग गर्दा समेत स्थानीय तहले पर्याप्त मात्रामा स्वास्थ्यजन्य सामग्री पाउन नसकेको जनप्रतिनिधिको दुखेसो छ । राजधानी दैनीकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech