कोरोनाको जोखिमसित सामना गर्ने उपकरणहरु अपर्याप्त, उपलब्ध गराउन सांसद यादवको माग

  |   प्रकाशित :

विरगञ्ज । सांसद प्रदीप यादवले कोरोना भाइरस माहामारीको जोखिमसित सामना गर्ने पुर्वाधार र उपकरणहरु अपर्याप्त रहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधबार राती ज्ञापन पत्र जारी गर्दै सांसद यादवले कोरोना माहामारीको जोखिमसित सामना गर्ने उपकरणहरु अपर्याप्त रहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘हाल प्रदेश २ मा माहामारीको जोखिमसित सामना गर्ने प्रर्वाधार र उपकरणहरु अपर्याप्त रहेको यहाँहरुलाई पुनः धयानाकर्षण गर्न चाहन्छु ।’ सांसद यादवले जारी गरेको ज्ञापन पत्रमा उल्लेख छ । ‘यस प्रदेशको पर्सादेखि सर्लाहीसम्मका जनताले स्वाथ्य सेवाको लागि उपयोग गर्ने र अहिले यि जिल्लाको विरामीहरुको एकहोरो चाँप खपिरहेको वीरजंजको नारायणी अस्पतालमा एउटा मात्र भेन्टिलेटर उपलब्ध रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

त्यस्तै सांसद यादवले ५ थान भेन्टिलेटर ५ सय थानको सेटमा अन्य सामग्री गराउन पनि अनुरोध गरेका छन् । त्यस्तै वीरगंज क्ष्रेत्रमा स्वास्थ्य सेवालाई सुचारु बनाइ राख्न उनले मन्त्रालयको अपेक्षसमेत गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech