क्वारेन्टाइनमा बस्न नमानेका १४ जना भारतीय मुस्लिमसहित २५ जना प्रहरी नियन्त्रणमा

  |   प्रकाशित :

सप्तरी । क्वारेन्टाइनमा बस्न नमानेका २५ जनालाई प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

क्ष्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा १४ जना भारतीय मुस्लिमसहित २५ जना रहेको छ । थप विवरण आउन बाकि रहेको जनाइएको छ । 

नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । यसअघि नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका  ‘लकडाउन’ घोषण गरेको थियो । तर, कोरोनाको प्रकोप बढ्दै जाँदा नेपाल सरकारले ‘लकडाउन’ अवधी पनि सार्दै आएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । 

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका मुलुकहरुः

१) अमेरिकामा ४ लाख  ३० हजार २१०कुल सङ्क्रमित भएका छन् भने १४ हजार १४,७३६ को मृत्यु भएको छ । यसैबीच २२ हजार ३५६ निको भएर फर्किएका छन् । 

२) स्पेनमा एक लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने १४ हजार ७९२ को मृत्यु भएको छ । यसैबीच ४८ हजार २१ निको भएर फर्किएका छन् । 

३) इटालीमा १ लाख ३९ हजार ४२२ कुल सङ्क्रमित भएका छन् भने १७ हजार ६६९ को मृत्यु भएको छ । यसैबीच २६ हजार ४९१ निको भएर फर्किएका छन् । 

४) फ्रान्समा एक लाख १२ हजार ९५० कुल सङ्क्रमित भएका छन् भने १० हजार ८६९ को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech