सिमा नाकाबाट आवत जावत गर्नेलाई पाँच हजार जरिबाना, १४ दिन क्वरेण्टीनमा राख्ने

  |   प्रकाशित :

बाग्लङ । कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ ।

म्याग्दी र बाग्लुङको सिमानाकाबाट आवत जावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिबाना सहित १४ दिनसम्म क्वरेण्टीनमा राख्ने भएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका-५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका-४ का वडाध्यक्ष जीतबहादुर खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै पालिका जोड्ने देउरालीको सिमाना आवत जावत गर्नेलाई क्वरेण्टीन र पाँच हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको र त्यो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech