राष्ट्रसेवकको तलब कट्टा गर्ने निर्णयसँगै सरकारको आलोचना सुरु 

  |   प्रकाशित :

काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल प्रहरीका अधिकृतस्तरका प्रहरी कर्मचारीको सात दिनको तलब कट्ट गर्ने निर्णय गरेको छ ।

कार्यालयले राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को खाता नम्बर ११६०००००११०१ मा वैशाख महिनाको तललबबाट रकम कट्ट गरी सो कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

राष्ट्रसेवक प्रहरी कर्मचारीको तलब कट्टा गर्ने निर्णयसँगै सरकारको आलोचना हुन थालेको छ । दिनरात जनातको सेवामा खट्ने प्रहरी अधिकारीहरुको तलब कट्टा गरेर सरकारले थप अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।

कोरोना कोषमा सांसदहरुको तलब सांसदहरुले पाउने तलबभत्ताबाट काटिएको छ । राष्ट्रपतिले दुई महिना, प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech