चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको संख्या बढ्‍दै, लक्षण नदेखिएका ६५७ जना संक्रमित फेला

  |   प्रकाशित :

बेइजिङ । चीनमा लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

चीनमा बुधबार ६३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यसअघि मंगलबार ६२ जना कोरोना संक्रमित फेला परेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । बुधबार देखिएका नयाँ कोरोना संक्रमितमध्ये ६१ जना कोरोना संक्रमण भएको मुलुकबाट चीन आएका नागरिक रहेको बताइएको छ ।

लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले अप्रिल १ देखि  त्यसता व्यक्तिहरुको खोजी सुरु गरेको थियो । १ अप्रिलदेखि चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको स‌ंख्या ६५७ पुगेको छ ।

बुधबारको स्टेट काउन्सिल अथवा क्याबिनेटले यस्ता कोरोना भाइरसकाका लागि नयाँ नियम सार्वजनिक गरेका छन् । यस नयाँ नियमानुसार मेडिकलहरुले लक्षण नदेखिएका व्यक्तिहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको दुई घण्टाभित्र स्थानीय सरकारलाई सूचना दिनुपर्नेछ । त्यसैगरी स्थानीय सरकारले २४ घण्टाभित्र उक्त व्यक्तिसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको खोजी गरेर कोरोना जाँच गर्ने र क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउनुपर्नेछ । 

लक्षण नदेखिएका तर कोरोना संक्रमितको सम्पर्कमा भएका व्यक्तिहरुले अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ । यस साताको सुरुमा वीच्याट मोबाइल प्लेटफर्ममार्फत कोरोना संक्रमणको लक्षण नदेखिएका तर पछि पुष्टि भएका व्यक्ति आएको विमान तथा रेलमार्फत सवार भएको(नभएको जानकारी गराउनसमेत बताइएको छ । भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका कोरोना संक्रमितले अहिलेको मुख्य चासोको विषय बनेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech