भोलि र पर्सि काठमाडौं उपत्यकाबाट घर जान पाउने

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण अलपत्र परेकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech