सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई गृहको निर्देशन

  |   प्रकाशित :

वीरगञ्ज । सांसद प्रदीप यादवलाई सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

सीमावर्ती सहर रक्सौलमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भेट्न गएका कारण समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

उनी हालै मात्र भारतीय सीमा क्षेत्रमा नेपालीहरुलाई राखिएको क्वारेन्टाइन स्थल पुगेका थिए । त्यही कारण उनलाई क्वारेन्टाइनमा राख्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech