विश्वलाई आक्रान्त पारिरहेको बेला नेपालमा कोरोना कम हुनुको ५ कारण

  |   प्रकाशित :

काठमाडौैं । कोरोना भाइरसबाट विश्वका २ सय ८ राष्ट्र अहिले आक्रान्त छन् । अन्य मुलुकको तुलनामा नेपालमा भने कोरोना संक्रमण अत्यन्तै कम छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ जना पूर्ण रुपमा निको भइसकेका छन् । अन्य ८ जनाको उपचार भइरहेको छ । 

मुलुकमा अहिलेसम्म कोरोनाबाट अहिलेसम्म कसैले पनि जीवन गुमाउनु परेको छैन । कोरोना संक्रमण नेपालको छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको छ । वुहानबाट शुरु भएको कोरोनाले हजारौ माइल टाढा रहेको इटाली र स्पेनलाई विक्षिप्त पारेको पछिल्लो समय अमेरिकालाई समेत निकै चिन्तित तुल्याएको छ । यसबाट अन्य मुलुक समेत त्रासित छ । 

कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको बेला यसले नेपालमा भने किन त्यति असर पारेन ? यस्तो छ ५ कारणः

१ नेपालीको जीवन शैली
कतिपय चिकित्सकले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोना संक्रमण महामहारीको रुपमा नफैलिएको हुनसक्ने तर्क गरेका छन्। 

२, बलियो प्रतिरक्षा प्रणाली
स्वास्थ्य विज्ञहरू नेपालीमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्।

३, बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस संक्रमण फैलिएपछि अहिले त्यो खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ। हालैको एउटा समिक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशमा कोरोना संक्रमण कम देखिएको उल्लेख गरिएको छ। नेपालमा बीसीजी खोपको कारण कोरोना संक्रमण कम देखिएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।

४, भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
कोरोना भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ। विकसित राष्ट्रमा जमिनमुनि समेत सव वे र मेट्रो रेल लगायतका यातायातका संरचना छन्। त्यस्ता पूर्धार्वार छिमेकी मुलुक भारतमा समेत छन्। तर नेपालमा भने अहिलेसम्म त्यस्ता पूर्वाधार बनिसकेका छैनन् । त्यही कारणले पनि नेपालमा अन्य मुलुकको तुलनामा कोरोना संक्रमण कम देखिएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।

५, परीक्षण नै कम हुनु
स्वास्थ्य विद्हरुका अनुसार नेपालका कोरोना संक्रमण कम देखिको अर्को कारण हो परीक्षण नै कम हुनु । विश्वका अन्य मुलुकमा जसरी कोरोना परीक्षण भइरहेको छ, नेपालमा भने त्सरी भइरहेको छैन । स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म नेपाल २ हजार ३ सय ६६ वटा नमूनाको परीक्षण गरिएको छ। अन्य मुलुककमृ तुलनामा नेपालमा अहिलेसम्म गरिएको परीक्षण अत्यन्तै कम हो। बीबीसीको सहयोगमा

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech