हामी सांसदको तलब काटेर महासंकटको घडीमा काम गरिरहेका सुरक्षाकर्मीको तलबभत्ता बढाऊ: गगन थापा

  |   प्रकाशित :

काठमाडौं। अधिकृत स्तरका प्रहरी कर्मचारीको सात दिनको तलब सरकारी राहत कोषमा बुझाउन दिएको निर्देशनको विरोध भइरहेको बेला नेपाली काँग्रेसका युवा नेता गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन् । 

सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब कटौती गर्न सकिने सुझाव दिँदै सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल बढ्ने गरी तलब भत्ता बढाउन माग गरेका हुन्। 

नेता थापाले ट्विटरमा ‘महासंकटको यो घडीमा, हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको प्रवाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौँ,’ लेखेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech