रियल मड्रिडले आउँदो सिजनमा टिममा व्यापक परिवर्तन गर्ने

  |   प्रकाशित :

काठमाडौं । आउँदो सिजनमा रियल मड्रिडले आफ्नो टिममा ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । 

यसअघि खेलाडी अनुबन्धनमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो समरमा खेलाडी बेच्ने अभियान चलाएको छ । प्रशिक्षक जिनेदिन जिदान पहिलो एघारलाई ताजगी दिन चाहन्छन् । अहिले पहिलो टिमका २५ वटै स्थान पूर्ति भएको छ । एघार जना खेलाडी लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन् ।

जिदानेले यो समरमा बेच्ने चार खेलाडी हुन्– ग्यारेथ बेल, जेम्स रोड्रिगेज, लुकास भाज्क्वेज र मारियानो डियाज । त्यसबाहेक अन्य दुई खेलाडीलाई बेचेर आर्थिक सङ्कट टार्ने योजनामा छ, सान्टियागो बर्नाबाउ । वेल्सका खेलाडी बेल जिनेदिन जिदानको रणनीतिमा कहिले पनि अटाउन सकेका छैनन् । त्यसैले जिदान उचित रकम पाए बेल बेच्न चाहन्छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech