अब्वासी मसुद अजहर र नेपाल

युगनाथ शर्मा पौडेल  प्रकाशित: २०७४-१२-१७ गते | 2042 पटक हेरिएको
अब्वासी मसुद अजहर र नेपाल

हालै पाकिस्तानी प्रधानमन्त्री अब्बासी अचानक नेपाल आए र फर्किए । उनको नेपाल आगमन प्रधानमन्त्री ओलीलाई बधाइ दिन भनिए पनि कुरा त्यो मात्र थिएन । उनी नेपालमा मौसमका बाजा होइन बेमौसमको बाजा बजाउने नियतकासाथ आएका थिए यो इशाराले बुझने कुरा थियो । नेपालको दक्षिणी खुल्ला सीमानाको छिमेकी भारत र पासपोर्ट प्रयोग गरिने उत्तरी छिमेकी चीनबीच भुटानको डोक्लाममा केही समय तनाबपूर्ण अबस्था देखियो र त्यो अहिले अस्थायी युद्धबिरामको अबस्थामा छ । न भारतले त्यो अडानबाट पछाडि हटाएको छ न चीनले त्यो काम गर्दिन भनेको छ केबल तत्कालकालागि तनाब कम गरेर चीनले ब्रिक्समा डोक्लामको छाया पर्न नदिएको हिजोको अबस्था हो र भुटानमा चिनिया भूमिका नेपालकालागि जुन रुपमा चासोको बिषय हुनुपर्ने थियो त्यो नेपालमा देखिएन यो पनि थप आश्चर्यको कुृरा हो ।

त्यसो त डोक्लाम प्रकरण हिजोको दिनमा चर्किएको अबस्थामा ब्रिक्सलाई भारतीय नेतृत्वले चाहेमा छायामा पारिदिन सक्छ भनेर चिनिया नेतृत्व पनि आतंकित थियो र त्यो मकसदकालागि चीनले ७३ दिनपछि डोक्लाममा भारतसंगै पछि हटने दुबैपक्षकालागि वीन वीन जस्तो देखाइने गरि सम्झौता गरेको थियो तर त्यो प्रकरणमा भारतको तुलनामा चीन नै पछाडि हटेको थियो किनभने चीनले एउटा सानो देश भुटानको भूमिमाथि आंखा लगाएको थियो र भारतले त्यसलाई रोकेर मित्रधर्म निभाएको छ कुटनीतिक रुपमा ,।आजको दिनमा भारतले भुटानलाई जुन रुपमा समर्थन गरेको छ त्यो अस्वाभाबिक पनि होइन मित्रता र उनीहरुको निकटतालाई हेरेर । तर चीन र भारतबीच सम्बन्ध सुधारैको अबस्था भने आजको दिनमा पनि छैन । यदि यो पछिल्लो दृष्यमा चीन भारतको अडानको पक्षमा थियो भने पाकिस्तानमा इस्लामिक आतंकबादीहरुलाई कारबाही गर्दा चीनको बिज्ञप्ती आउनु पर्ने थिएन तत्कालकालागि चीनिया नेतृत्व र भारतीय नेतृत्वले अस्थायी समाधान मात्र खोजेका हुन यसमा कुनै शंका छैन ।

त्यसो त यो तनाबको पृष्ठभूमिकै कुरा गर्ने हो भने यो नेहरु युगदेखि मोदी युगसम्मको निरन्तरता हो । चीनले राष्टसंघको स्थायी सदस्यता देखि मसुद अजहर जस्तो आतंकबादीलाई आतंकबादी घोषणा गर्ने कुरामा भारतीय प्रस्ताबलाई पाकिस्तानको इशारामा अस्वीकार गरेको घटना भारतकालागि गम्भीर चिन्ता र चासोको बिषय थियो यो पृष्ठभूमिमा भारत चीन सम्बन्ध जतिसुकै कागजी बक्तब्य तयार गरेपनि सुखद हुने कुरा रहेन र आजका दिनमा पनि त्यो छैन जबकी लोकतन्त्र बिना आर्थिक उन्नती गरेको चीनका अगाडि अरु धेरै चुनौतिहरु छन । किनकी हिजोको दिनमा चीनलाई स्थायी सदस्यमा भारतका नेहरुले हिन्द चीन भाइ भाईको नारामा आंखा चिम्लेर स्वागत गरेका थिए । तर आजको चीनले भारतलाई त्यो गुन पनि तिरेन भन्ने कुरा आजका भारतीय राष्टबादीहरुलाई लाग्नु स्वाभाबिक कुरा हो । नेहरुको उदारतालाई त चीनले सन १९६२ को युद्धमा नराम्रो जवाफ दिएपछि भारतले त्यो अतितलाई कालो अतितका रुपमा स्वीकार गरेको छ । आजको दिनमा भारतले चीनको बान रोड वान बेल्टलाई सघाउनै पर्ने त्यस्तो कुनै कारण छैन जहा भारत उत्साहको साथ चीनको कुरा सुनोस यो पृष्ठभूमिमा भारत र चीनबीच डोक्लाम प्रकरण घटेको छ त्यसैले डोक्लाम प्रकारण केबल भारतको चिकेन नेक र उसको सुरक्षा स्वार्थमा मात्र होइन चीनले भारतमा आतंक मच्चाउनेहरुलाई कारबाही गर्न रोकेको घटनाले कुटनीतिक तहलाई चिन्तित बनाएको छ र यो घटनामा त नेपाल पनि तानिएको अबस्था छ किनकी नेपालमा रहेको पाकिस्तानी राजदूताबास बिगतमा त्यस्ता धेरै अबैध गतिबिधीमा नागो रुपमा संलग्न रहेको छ उसको भूमिका आजका दिनमा झन नकारात्मक हुने आशंकाहरु ब्यप्त छन । जसमा नक्कली नोट आतंकबादी नेक्सस देखि आरडिएक्स पनि काठमाण्डौमा बरामद भएर पाकिस्तानी कुटनीतिज्ञलाई प्रसना नन ग्राटा घोषणा गरेका धेरै घटनाहरु छन ।

यदि चीन पनि मसुद अजहरको मामिलामा नरम भएको हो भने यो नेपाल जस्तो देशकालागि धेरै चासोको कुरा हुनेछ किनकी मसुद अजहरको नाम काठमाण्डौको त्रिभुवन बिमानस्थलसंग पनि जोडिएको छ सन २००१ म नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण गरियो र त्यो जहाजलाई तात्कालिक तालिबान नियन्त्रित अफगानिस्तानको कन्दाहारमा उतारियो त्यसपछि भारतको कश्मिर जेलमा रहेका मसुद अजहरलाई छोडेमा मात्र यात्रुहरुलाई सकुशल छाडिने माग राखेपछि बिश्वको बिशाल लोकतन्त्र जहाजका यात्रुको जीवन रक्षाको नाममा आतंकबादीहरुका अगाडि शीर निहुराउन बाद्य भयो त्यो भारतको ठूलो चुक थियो केही सुरक्षाबिज्ञको कुरा सुन्ने हो भने । जहा भारतीय बिदेशमन्त्री जसवन्त सिंह कन्दाहार पुगेर जहाज र यात्रुलाई सुरक्षित फर्काउन सफल भए यात्रु रुपेन कत्याल बाहेक सबै सुरक्षित फर्के तर भारत आतंकबादीका अगाडि घुडा टेक्यो ।

यो इतिहासले नेपालको राजधानीमा रहेका बिमानस्थल भारतीय सुरक्षाको लागि कति गम्भीर बन्यो यो कुरामा नेपालले कुनै बहस गरेन बरु एअर मार्शलको कुरामा त्यसलाई सकारात्मक रुपमा लिने नेताहरुलाई भारतीय दलालको पगरी गुथाएर दुई देशबीचको सम्बेदनशीलतालाई हलुका मनोरञ्जन शैलीमा लिइयो । त्यसो त पछिल्लो डोक्लाम प्रकरणमा चिनिया संचार माध्यम भन्दा भारतीय सञ्चार माध्यम लोकतान्त्रिक देश भएको कारण जिम्मेबार देखिएका थिए तर पनि दुबै देशको सैनिक तथा राजनीतिक नेतृत्व भने पर्ख र हेरको नीतिमा थियो । त्यसोत डोक्लाम प्रकरणमा चीनले खोजेको अन्तराष्टिय समर्थन भन्दा भारतले अरुको समर्थन पाएको देखेपछि बेइजिडमा केही चिन्तनहरु बदलिएका थिए भने भारतीय सुरक्षा सल्लाहकारको चीन भ्रमण र भारतले डोक्लामका कारण ब्रिक्समा नया कोर्स लिन सक्ने आशंका र भय पनि चीन भित्र देखिएको थियो किनकी भारतको नया नेता मोदी पनि अरुले अनुमान गर्न सक्ने नेता जस्ता छैनन । उनी चीनमाथि आखा चिम्लेर बिश्वास गर्ने नेता होइनन यो कुरा चीनले पनि नबुझेको थिएन त्यसैले यसपटक सन १९६२ को भारतमाथिको आक्रमणको शैलीमा चिनिया लाससेनाहरु भुटानको डोक्लाममा पुगेनन बरु उनीहरु भुटानका भूमिबाट फर्किए तर उनीहरुको भुटानमा हस्तक्षेप गर्ने शैली भारतमाथिको आक्रमणको शैली जस्तै थियो ।

भारत र पाकिस्तानबीच बढिरहेको सीमा क्षेत्रको आतंकबादको बिषयलाई लिएर दक्षिण एशियाली देशहरुको साझा मञ्च सार्क प्रभाबित छ । भारतका बिदेश राज्य मन्त्री सिहले हालै भने जस्तै इस्लामाबाद आतंकबादको बिषयमा गम्भीर छैन त्यसैले सार्क प्रभाबित छ । आजको दिनमा पनि पाकिस्तानले भारतमा आतंक मच्चाउनेहरुलाई रोक्ने कुरा त छाडिदिउ उनीहरुलाई स्वतन्त्रता सेनानी र शहीद भन्ने गरेको छ यो नै भारत र पाकिस्तानको आन्तरिक समस्या हो । भारतले पाकिस्तानलाई बिश्वब्यापी रुपमा एक्लो पार्ने रणनीति अनुसार नै पठानकोटमा पाकिस्तानले भारतको अडानमा साथ नदिएकोले उडी आक्रमणपछि आफनो रणनीति तय गरेको थियो र पछिल्लो दिनमा जब भारतले सीमा क्षेत्रमा रहेका पाकिस्तानी गुरिल्ला क्याम्पमा सर्किजल अपरेशन गरेको थियो त्यसले पाकिस्तान झस्किएको थियो ।

यस अगाडि भारतले सार्कको प्रस्ताबित इस्लामाबाद सम्मेलनमा असहमति जनाएको बताएको लगत्तै सार्कका चार देशले त्यसमा उनीहरुको सहमति रहेको जनाएका छन । सार्कका ती तीन देशहरुमा बगलादेश अफगानिस्तान भुटान रहेका थिए । त्यसो त यस अगडि पाकिस्तानको सैन्य गुप्तचर संस्था आइएस आईले अफगानिस्तनमा उसको हक्कानी नेटवर्कमार्फत तालिबानलाई सहयोग गरेको आरोप त्यहाको गृहमन्त्रीले खुलेर लगाएपछि पाकिस्तान र अफगानिस्तानकाबीचमा पनि सुमधुर सम्बन्ध छैन यो कुरा त अफगानिस्तनमा लुकेर होइन किा खुलेर भनिन्छ पाकिस्तानको गुप्तचर संस्थाले बम बिष्फोट गरेको भनेर । केही समय अगाडि काबुलको भारतीय राजदूताबासमा भएको एक बम आक्रमणको योजना पकिस्तानको गुप्तचर संस्थाले गरेको आरोप समेत अफगानिस्तानले पाकिस्तानमाथि खुलेर नै लगाएको थियो अफगान गृहमन्त्रीले त त्यसको प्रमाण पनि छ भनेका थिए । त्यस्तै बगलादेशले पाकिस्तानको गुप्तचर संस्थाको निर्देशनमा बगलादेशका पिता शेख मुजिबुर रहमानको हत्याको योजनाकारकारलाई केही समय अगाडि फासीमा चढाएपछि पाकिस्तानसंग उसको पनि सम्बन्ध असामान्य बनेको अबस्था छ । बगलादेश पूर्बी पाकिस्तानबाट भारतको सहयोगमा छुटिएर सन १९७१ बनेको देश हो । जहा भारतले पाकिस्तानका लगभग एक लाख सेनालाई बन्दी बनाएको थियो । त्यो सेना छुटाएर लैजान पाकिस्तानका नेता जुल्फिकर अलि भुटोले तात्कालिक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसंग सिमला सम्झौता नै गर्नु परेको थियो ।

त्यसो त सार्क सम्मेलन स्थगित भएपछि भारतीय बिदेशमन्त्रालयले भनेको थियो भारत क्षेत्रीय सहयोग र निकट सम्पर्ककालागि तयार छ तर त्यो त्यतीबेलामात्र सम्भव छ जतिबेला सार्क आतंकबाद मूक्त क्षेत्र हुनेछ । भारतले सार्कमा पाकिस्तानलाई एक्लो पार्ने रणनीतिलाई नत्याग्ने अडान लिनु र आजको दिनमा अमेरिकाले समेत बिश्वका धेरै शक्तिले त्यसलाई समर्थन गरेको अबस्थामा चीनको पछिल्लो भुमिका मसुद अजहरको बारेमा शंकास्पद देखिएपछि चीनको बारेमा भारतमा शंसय उठनु अस्वाभाबिक होइन ।

यो पछिल्लो दिनको भारत पाक तनाबले त्यतीबेला नया रुप लियो जतिबेला कश्मीरको उडीमा पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरभूभागबाट पाकिस्तानमा आफनो डेरा जमाएका पाकिस्तान नियन्त्रित आतंकबादी छिरेर भारतीय सैनिक क्याम्पमा आक्रमण गरि आफना १८ सैनिकको हत्या गरे । । त्यसो त भारतीय कश्मीरमा हिजबुल मुजाहिद्दिनका नेता एब भारतले आतंकबादीको सूचिमा राखेका बुरहान बानीको एक भिडन्तमा मृत्यु भएपछि कश्मीरमा फैलिएको हिंसा र आतंकमा पाकिस्तानको हात रहेको भारतीय आशंकाले मूर्त रुप लिएपछि भारतको अगाडि धेरै बिकल्प थिएनन । राष्टसंघमा पाकिस्तानी पूर्ब प्रधानमन्त्री नबाज सरिफले बुरहान बानीलाई एक इस्लामिक युबा नेताको रुपमा उल्लेख गरेको दृष्य न मोदीलाई सहन सक्ने बिषय थियो न कश्मीरमा आतंकबादीसंग दिनदिनै लडेको भारतीय सेनालाई सहन गर्न सक्ने बिषय थियो । सरिफले बुरहान बानीलाई युवानेता भनिसकेपछि पाकिस्तानको आतंकबादीलाई समर्थन खुल्ला रुपमा नै आएको थियो जसले भारत समक्ष पाकिस्तानलाई आतंकबादी देशको रुपमा अन्तराष्टिय रुपमा घोषणा गर्न पनि बलियो बहाना मिल्यो र त्यसको केही दिनपछि केरलको एक सभामा भारतका प्रधानमन्त्री मोदीले खुल्ला रुपमा भने पाकिस्तानका शासक राष्टसंघमा आतंकबादीले लेखेका भाषण पढछन उनीहरु आतंकबादीका पोषणकर्ता हुन भन्ने यो भन्दा अरु प्रमाण हामीलाई के चाहियो ? । सायदैे भयानक ठूलो चुक पनि थियो पाकिस्तानी नेताको रुपमा सरिफको उनले त्यतीबेला पाकिस्तानको नेताको रुपमा भन्दा भारतसंग दोहोरी खेल्ने शैलीमा त्यस्तो बिबादित भनाइ राखेका थिए ।

भारतका बिदेश राज्यमन्त्री एवं पूर्ब बरिष्ठ पत्रकार एम जे अकबरले सरिफको राष्टसंघ भाषणमाथि प्रतिक्रिया दिदै भनेका थिए भारतले पाकिस्तानको बारेमा गरेको दाबीमाथि अबिश्वास गर्नेहरुले हिजबुल मुजाहिद्दनका नेता बुरहान बानीको मृत्युमा पाकिस्तानका प्रधानमन्त्रीले बगाएको आशुले पाकिस्तानको सक्कली अनुहार चिन्न सजिलो भएको छ ।

हिजोका दिनमा अमेरिका र आजको दिनमा भारतको छिमेकमै बढिरहेको शक्तिशाली देश चीन भारतको भोलिको दिनको सुरक्षा चासो हुन यो कुरा डोक्लामले देखाएको छ । आजका दिनमा बिशाल जनसख्या सहित लोकतन्त्रको यात्रामा रहेका भारतको घेराबन्दी अस्वाभाबिक होइन । लोकतन्त्र र बहुआयामिक संस्कृतिलाई एक साथ लिएर आर्थिक रुपमा पछौटेपन भएको समाजमा सात दशक बहुभाषिक र बहुआयामिक लोकतन्त्रको अभ्यास गरेर भारतीय समाजमा लोकतन्त्र त्यहाको जनजीबनको सामाजिक परम्परा बनाउनु पनि कम कुरा होइन तर पनि भारतले लडने युद्धहरु भारतीय प्रधानमन्त्रीले मोदीले एक जनसभामा भनेजस्तै अशिक्षा बेरोजगारी गरिबीका बिरुद्ध हो तर समय र भाग्यले त्यो बाटोमा अबरोधहरु खडा गरेको छ जसले भारत गरिबी र अशिक्षा बिरुद्ध होइन कि आतंकबाद बिरुद्ध लडनकालागि गरिब जनताको गास काटेर छिमेककै कोपभाजनबाट जोगिन हतियार किन्न दौडिनु परेको छ ।
केही समय अगाडि भारतले पाकिस्तान नियन्त्रित कश्मीरमा सर्जिकल आक्रमण गरेको बताइएको थियो यद्दपी यसको प्रभावकारिताको मापदण्ड कति थियो भन्ने कुरा अनुमानको बिषय मात्र हो । जहा भारतीय सेनाको दाबीमा भारतमा घुसपैठकालागि बसेका आतंकबादीहरुलाई तह लगाएको बताएको छ । सर्जिकल आक्रमण अमेरिकाले ओसामा बिन लादेन बिरुद्ध पाकिस्तानको ओबाटाबादमा चालेको शैलीको कदम हुन्छ । जहा थोरै सैनिकले तोकिएको समयमा तोकिएको काम गरेर फर्किन्छन । त्यो कुनै भौगोलिक आक्रमण होइन । ठीक यस्तै प्रतिक्रिया भारतीय सेनाले पनि दियो उसले सर्जिकल आक्रमण समाप्त गरेको छ । तर कश्मीरमा आतंकबादले फणा भने उठाउन छाडेको छैन ।

त्यसो त मसुद अजहरको नामसंग नेपालको नाम पनि अकारण जोडिएको छ । भारतको कश्मीरको उडीमा त्यहा रहेका भारतीय सेनामाथि मध्यरातमा आक्रमण गर्ने संगठन जैस ए मोेहमदका संस्थापक मसुद अजहरलाई छुटाउन नेपालबाट भारतीय जहाज अपहरण गरेर नेपाल भूमिको दुरुपयोग गरिएको थियो । त्यसैले यो प्रकरणमा नेपालको नाम पनि आउछ । नेपालको राजधानी काठमाण्डौबाट भएको भारतीय जहाजको अपहरण पछि भारतको सरकारले नेपाल भ्रमणमा आएका नेपाली अतिथिदेबो भव अर्थात जहाजका तीर्थयात्रीलाई छुटाउन आतंकबादीको पहिलो सर्तका रुपमा कश्मीर जेलबाट मसुद अजहरलाई छुृटाउने सर्त राखेको थियो र त्यसलाई भारत सरकारले स्वीकार गरेको थियो । तात्कालिक रुपमा भारतीय बिदेशमन्त्री जसवन्त सिंहले मसुद अजहरलाई जहाजमा राखेर अफगानिस्तानको कन्दाहार लगेर छाडेका थिए । जहा त्यतीबेला पाकिस्तान समर्थित तालिबान सरकार रहेको थियो । जैस ए मोहमदका कमाण्डर मसुद अजहरलाई राष्टसंघमा आतंकबादी घोषणा गर्न चीनले गरेको आनाकानी र काठमाण्डौको जहाज अपहरणमा उनको रिहाईले पर्दा पछाडिको धेरै नायक र पात्रहरु उदांगिन त बाकी नै छ यो त केबल आरम्भमात्र हो ।

हालै पाकिस्तानी प्रधानमन्त्री नया सरकारका प्रधानमन्त्री खडक प्रसाद ओलीलाई बधाइ दिने बहानामा नेपाल आएका थिए । उनको यो भ्रमण भित्र लुकेको रहस्यको पर्दाफास हुन त धेरै समय लाग्दैन तर मसुद अजहरलाई चीनले आतंकबादी घोषणा गर्न गरेको आनाकानी र पाकिस्तानी प्रधानमन्त्रीको अचानक नेपाल भ्रमणले काठमाण्डौ स्थित पाकिस्तानी राजदूताबासको भुमिका खुल्ला सीमा भएको छिमेकी भारतकालागि संदिग्ध हुन सक्छ । किनकी पाकिस्तानले इस्लामाबादमा आफनो संयन्त्रलाई दुरुपयोग गर्दै भारतीय कुटनीतिज्ञहरुलाई सताइरहेको मिडिया रिपोर्ट हेर्ने हो भने नेपालकालागि पछिल्लो दिनमा पाकिस्तानको सक्रियता धेरै महगो पनि पर्न सक्छ किनभने मसुद अजहरलाई चीनले आतंकबादी घोषणा गर्न आनाकानी गरेको पृष्ठभूमिमा यो गम्भीर मुद्दा पनि हो ।

केही समय अगाडि अमेरिकी बिदेशमन्त्रालयद्धारा जारी प्रतिबेदनमा नेपालको अन्तराष्टिय बिमानस्थलको सुरक्षा प्रबन्ध धेरै फितलो रहेको र लगेजभित्रका सामान जाच्ने प्रबिधिअपर्याप्त रहेको भन्दै नेपालको दक्षिणी छिमेक भारतसंगको खुल्ला सीमानाका कारण खुल्ला सीमा सुरक्षाको हिसाबले नाजुक रहेको मात्र होइन अन्तराष्टिय आबात जाबात पछिल्लो दिनमा बाक्लिएकोले पनि नेपाल सहजै रुपमा आतंकबादी शक्तिहरुको अखडा बन्ने आधार उसले प्रस्तुत गरेको थियो सबैलाई थाहा छ । त्यसमा पनि सीमा नै नजोडिएको देश पाकिस्तानको आबात जावात बाक्लिनु आफैमा सन्देहको कुरा हो शान्तिपृय नेपालीहरुकालागि । खुल्ला सीमानाको दुरुपयोग आतंकबादीहरुले गर्न सक्छन । हिजोको दिनमा पाकिस्तानको कुटनीतिक कबचको सहारामा नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण भएको र त्यसलाई तात्कालिक रुपमा पाकिस्तान समर्थित तालिबान नियन्त्रित अफगानिस्तानको कन्दाहारमा उतारिएको दृष्य देखेकाहरुले अमेरिकाको यो आशंकामाथि प्रश्न गर्ने साहस गर्दैनन आज पनि । हिजो नेपाल भूमिका दुरुपयो गरेर जहाज अपहरण गर्दै जुन खलनायकलाई कश्मीर जेलबाट बाहिर निकालिएकोे खलनायक थिए मसुद अजहर । ती मसुद अजहरलाई आतंकबादी घोषणा गर्न उत्तरी छिमेकी चीनले सुरक्षा परिषदमा ढिलाइ गरिरहेको पछिल्लो जुन अबस्था छ यो गम्भीर हो । र यो नेपाल भारत खुल्ला सीमानाको चुनौति र चासो पनि हो यो सामान्य कुरा होइन । किनकी त्यो अपहरणले त्यो समयमा नेपालको पर्यटन उद्योगमाथि ठूलो धावा बोलेको थियो भने आफनो बिबाह पछि नेपालमा हनिमुन मनाउन आएका जोडी आर्यसंस्कृतिको परम्परामा अतिथिदेबो भव मानिने रुपेन कत्यालको हत्या समेत भएको थियो । त्योृ अतिथिदेवो भवको परम्परा बोकेको नेपालको इतिहासमा कालो दिन थियो जसको नाता आजको कश्मीर बिबादसंग पनि जोृडिएको छ ।

भारतमा आतंक मच्चाउनेहरु जुनसुकै अनुहार भूगोलका भएपनि नेपालको मित्र हुन सक्दैनन ठीक त्यस्तै भारतीय भूमिको सहारा लिएर नेपालमा आतंक मच्चाउनैहरु पनि भारतको मित्र हुन सक्दैनन । यो नै आजको दिनमा नेपाल भारत मित्रताको रोडम्याप हुनु पर्छ । प्रधानमन्त्री ओलीले पनि सम्भवत त्यो कुुरा नबुझनु भएको छैन । यो लेख हामीले असन बजार पत्रिका बाट साभार गरेका छौ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..