कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अमेरिकाले दिए अनुमति

  |   प्रकाशित :

काठमाडौं । गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको भन्दै अमेरिकाले प्रयोग गर्न अनुमति दिएको छ । 

शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ । यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरू अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech