सिटौला भन्छन, ' काँग्रेसको संगठन निर्माण र परिचालनमा खुम बहादुरजीको योगदान स्मरणिय '

नेपाल पाना प्रकाशित: २०७४-१२-१७ गते | 2137 पटक हेरिएको
सिटौला भन्छन, ' काँग्रेसको संगठन निर्माण र परिचालनमा खुम बहादुरजीको योगदान स्मरणिय '

काठमाडौं। नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको निधनमा नेपालको राजनीति क्षेत्र नै शोकाकुल छ। खड्कासँगै राजनीति गरेकाहरु उनको लोकतन्त्र र स्वतन्त्रताको लागि गरेको त्याग र वलिदान सधै स्मरणिय रहेको बताउँछन्। 

नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला खुम बहादुर खड्का जीवनका अन्तिम घडीसम्म नेपाली राजनीतिको एक केन्द्रीय पात्रको रुपमा रहेको बताउँछन्। खड्काको अडान र प्रतिवद्धता नेपाली राजनीतिको लागि उदाहरणीय रहेको अनुभव छ सिटौलाको। 

आफ्नो ब्रम्हले देखेको कुरामा अडिन सक्ने र त्यसका लगि अहोरात्र खटिनसक्ने क्षमता सबै काँग्रेसजनका लागि प्रेरणाको स्रोत रहेको उनले सुनाए। कतिपय आफूलाई सहि लागेको कुराको लागि नेतृत्वसँग जुध्न सक्ने क्षमता जो कोहि नेता कार्यकर्तामा नहुने तर खड्कामा त्यो अदम्य साहस रहेको सिटौलाले बताए। 

पञ्चायतकालदेखि नै नेपाली काँग्रेसको संगठन र पञ्चायत विरोधी गतिविधीमा सक्रिय रहेका खड्का नेपाली काँग्रेसका कार्यकर्ताका लागि प्रिय खुम बहादुर दाई थिए। कार्यकर्ताका लागि सधै सहज पहुँचमा रहने खुम बहादुरजी आफूलाई संकटमा पारेर पनि कार्यकर्ताहरुको सहयोगको लागि तत्पर रहेको आफूले पाएको सिटौला सम्झन्छन। आफूलाई अहिले पनि खुम बहादुरजीको यहि गुणले प्रभावित गरिरहने बताए। 

पटकपटक अस्पताल जानुपर्ने अवस्था अनि संक्रमणको खतरा हुँदाहुँदै पनि चुनावको टिकट वितरणको बेला रातीसम्म वालुवाटारको चीसोमा खट्ने आँट र जुझारुपन कमै नेतृत्वमा देखेको सिटौला सम्झन्छन्। 

चुनाव पछि राजनीतिक रुपमा महत्वपूर्ण कुराकानी भएको र नयाँ ढंगले पार्टीमा काम गर्ने चर्चा गरेको भएपनि उहाँको स्वास्थ्यस्थिति ठीक नभएका कारण त्यसलाई टुङगोमा पुर्‍याउन नपाएको उल्लेख गर्दै सिटौलाले उहाँको अभाव नेपाली काँग्रेसमा सधै खट्किरहने बताए। 

काँग्रेसको नेतत्वमा भएको हरेक संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याएका खड्का जननेता विपी कोइरालाका प्रिय विश्वासपात्र थिए। विपी कोइरालाको नेतृत्वमा रहेर नेपाली काँग्रेसमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका खुम बहादुरजी मेलमिलापको नीति लिएर विपीसँगै नेपाल फर्कने व्यक्ति मध्ये एक थिए।   

\विपी कोइरालाको विश्वासपात्र रहेका खड्का विपीको निधनपछि गिरिजाबाबुसँग अत्यन्तै निकट रहि नेपाली काँग्रेसको पार्टी संगठन र सरकार सञ्चालनको क्रममा काम गरेको सिटौला बताउँछन्। सिटौलाले भने, 'काँग्रेसको संगठन निर्माण र परिचालनमा खुम बहादुरजीको योगदान  सदा स्मरणिय रहनेछ। '

खुम बहादुरजीलाई गुमाउँदा परिवारका सदस्यलाई झै नेपाली काँग्रेसलाई अपुरणीय क्षती भएको उल्लेख गर्दै सिटौलाले स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन तथा काँग्रेस कार्यकर्ताप्रति समवेदना प्रकट गरेका छन्।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..