कोरोना भाइरसविरुद्ध लड्न ३ अर्ब ४२ करोड बजेट रकमान्तर

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँबराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । 

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा सो रकम खर्च गरेको जानकारी दिएका हुन् ।

अर्थ मन्त्रालयले १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको मन्त्री खतिवडाले जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाइँमा बजेट अभाव हुन नदिएको पनि बताए । 

लकडाउन लम्बिँदै जाँदा सरकारको खर्चमा प्रभाव परेको मन्त्री खतिवडाले समितिलाई जानकारी गराए । चैत मसान्तसम्म कुल चालूतर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात् ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech