अर्थमन्त्री खतिवडाले गरे एमसीसी पास हुने संकेत, अर्थतन्त्रलाई बचाउन अनुदान नै आवश्यक !

  |   प्रकाशित :

काठमाडौं ।  अमेरिकी सरकारको सहायता कोष ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पास हुने संकेत देखिएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस महामारीको संक्रमणका कारण नेपालको अर्थतन्त्रमा निकै चुनौतीपूर्ण रहेको भन्दै देशमा वैदेशिक सहायता आवश्यक रहेको बतााएका छन् । 

कोरोना भाइरस महामारीको संक्रमणबाट विश्व अर्थतन्त्रमा पारेको प्रभावसँगै नेपालको अर्थतन्त्रमा पनि निकै चुनौतीपूर्ण रहेको छ । विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले नेपालको अर्थतन्त्रमा चुनौती थपिएको हो । विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्छ ।

देशमा यस्तो गम्भिर अवस्था आउने संकेत देखिएसँगै (एमसीसी) पास हुने संकेत देखिएको हो । ‘चालु आर्थिक वर्षको शुरुदेखि नै विभिन्न नयाँ भन्सार उपायका कारण राजस्व संकलनमा ठूलो असर परेको छ र महामारीको कारण हालैका महिनाहरूमा यसलाई नराम्रो असर परेको छ’ अर्थमन्त्रीले भनेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech