अन्योलमा परेका एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन

  |   प्रकाशित :

पर्वत । लकडाउनका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । 

लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech