नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनमै अड्कियो, यस्तो छ गम्भिर कारण !

  |   प्रकाशित :

काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ। 

चिनियाँ पक्षले प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको जनाइएकाे छ । 

परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे। तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको हो । 

चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालय स्रोतको दाबी छ। चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र निर्यातका लागि प्रमाणपत्र दिने गरेको छ। सोही प्रक्रिया पुरा गर्न समय लागेको रक्षा मन्त्रालयका अधिकारी बताउँछन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech