आज मे १२ तारिख अर्थात् आज विश्व नर्सिङ दिवस, विपदमा खटिरहेका नर्सलाई सम्मान

  |   प्रकाशित :

काठमाडौं । आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । 

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ ।

नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज संचालन गर्नुभएको थियो जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech