पाकिस्तानमा हिन्दूहरुको घर जलाइयो, घर छाड्न बाध्य बनाइँदै !

  |   प्रकाशित :

काठमाडौं । इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले अल्पसंख्यक समुदायमाथि पटक पटक अत्याचार गरिरहेको घटना बाहीर आउदै गरेको छ । 

हालै फेरी इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले अल्पसंख्यक समुदाय अत्याचार गरेको घटना बाहीर आएको छ । पाकिस्तानको सिन्ध र पञ्जाब प्रान्तमा हिन्दूहरूमाथि आक्रमणको घटना बढ्न थालेको छ । हाससालै सिन्ध प्रान्तमा हिन्दूहरुका घर जलाइएको छ भने पञ्जाब प्रान्तमा हिन्दू महिलाहरूलाई यौन दुर्व्यवहार भएको छ ।

सिन्धमा भएको आक्रमणको भिडियो मानव अधिकारकर्मी र वकिल राहत अस्टिनले समाजिल सञ्जालमा पोष्ट गरेका छन् । उनले समाजिक सञ्जालमार्फत सिन्धको मटियारी हालामा हिन्दुहरूको घर जलाइएको र पुरुष, महिला र बच्चाहरूलाई कुटपिट गरी घर छोड्न बाध्य पारिएको जानकारी दिएका छन् ।

अस्टिनका अनुसार हिन्दुह एक हजार बर्षदेखि सिन्धमा बस्दै आएका छन् । पछि मुसलमानहरू शरणार्थीका रूपमा आएका थिए तर अब उनीहरूले नै हिन्दूहरूलाई निशाना बनाइरहेका छन् ।

उनले पोष्ट गरेको भिडीयोमा घरबाट धुँवा निस्किरहेको र पीडित हिन्दू परिवारका महिला र केटाकेटी चिच्याउदै गरेको देखिन्छ । स्थानीय हिन्दुको भिल समुदाय दशकौदेखि त्यस क्षेत्रमा बसोवास गर्दै आएका छन् तर पनि त्यहाँको बहुसंख्यक समुदायले उनीहरूमाथि हरेक दिन जसो आक्रमण गर्दछन् र हिन्दुहरुलाई घर खाली गर्न बाध्य बनाईन्छ ।

दोस्रो समाचार पाकिस्तानको पञ्जाब प्रान्तको रहिमियारको चक नम्बर १२१ को हो । मानवअधिकारकर्मी अस्टिनले नै ट्वीट गरेर यसबारे पनि जानकारी दिएका छन । उनले त्यहाँ बस्ने एक व्यक्ति र तिनकी पत्नीमाथि एक भिडले हमला गरेको उल्लेख गरेका छन् । उनको ट्वीटमा हिन्दु महिलामाथि भिडकै समक्ष यौन शोषण गरिएको पनि आरोप लगाइएको छ । यति मात्र होइन, घाइते पति र पत्नीलाई सो क्षेत्र छोड्न बाध्य पनि पारिएको बताइएको छ ।

तेस्रो समाचार, इमरान खानको नया पाकिस्तानमा अल्पसंख्यक आयोग नै छैन । अल्पसंख्यकहरु विना आयोग पाकिस्तानमा बसीरहेका छन् । इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले अल्पसंख्यक मानिनेहरुको हितको बारेमा लिने प्रत्येक निर्णय यू टर्नमा नै टुंगीने गरेको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech