कोरोना महामारीको कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको नोक्सानी

  |   प्रकाशित :

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने जनाएको छ । 

एडीबीले कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने जनाएको हो । यसमा दक्षिण एशियाको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पनि एक खर्ब ४२ अर्बदेखि २ खर्ब १८ अर्ब डलरसम्मको असर हुने एडीबीको अनुमान छ ।

यो प्रक्षेपण गत महिना गरिएको प्रक्षेपणको दोब्बरभन्दा बढी हो र विश्वव्यापी जीडीपीको ६.४ प्रतिशतदेखि ९.७ प्रतिशत बराबर हो । यसैगरी एडीबीले कोभिड–१९ को सम्भावित आर्थिक असरको नयाँ विश्लेषणमा भनेको छ कि, दक्षिण एशियाको जीडीपीमा ३.९ देखि ६ प्रतिशतसम्मको कमी आउनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech