कश्मीरमा गोलीबारी हुदाँ हिजबुलका शिर्ष कमाण्डर मारिए

  |   प्रकाशित :

श्रीनगर । कश्मीरको श्रीनगरमा गत राति भएको गोलीबारीमा दुई जना मारिएका छन् । 

श्रीनगरमा भएको गोलीबारीमा हिजबुल मुजाहिद्धीनका शिर्ष कमाण्डर र एक पृथकतावादी नेताका छोरा मारिएका हुन् । हिजबुलका कमाण्डर जुनैद शहरी गोलीबारीमा मारिएका हुन् । उनी हिजबुलका दोस्रो तहका कमाण्डर हुन् । 

गत राति सुरक्षाकर्मीले आतंकवादीहरुविरुद्ध कारवाही भन्दै गोलीबारी भएको थियो । जहाँ सुरक्षाकर्मीले दुई आतंकवादी मारिएको जनाएको छ । स्थानीय मिडियाका अनुसार मारिनेमा श्रीनगरका जुनैद शहरी र पुलवामाका तारिक अहमद शेख थिए । जुनैद केन्द्रीय कश्मीर क्षेत्र हेर्ने हिजबुलका कमाण्डर थिए । प्रहरीका अनुसार उनी विभिन्न घटनामा प्रहरीको वान्टेड सूचीमा थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech