भारतमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६ हजार नाघ्यो, ३३ सय जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या एक लाख ६ हजार ७ सय ५० पुगेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । पछिल्लो तथ्याँक अनुसार तीन हजार तीन सय ३ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको जनाएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech