विश्वभर कोरोना भाइरस संक्रमितको सँख्या ५० लाख ७९ हजार कट्यो

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस महामारीबाट विश्वभर ५० लाख भन्दा बढी संक्रमित भएका छन् ।

महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका हुन् ।

२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । हाल२७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech