अमेरिकामा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाइयो

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा दुई महिनादेखि जारी लकडाउन खुकुलो भएको छ ।

कोरोना भाइरसको महामारीले दुई महिनादेखि जारी लकडाउन आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खोल्न दिने भन्ने नियम फरक रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

लकडाउन खुकुलो पार्न सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले ६० पृष्ठको निर्देशिका जारी गरेपछि त्यसैका आधारमा राज्यहरूले लकडाउन खुकुलो बनाएका हुन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ९४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech