कोरोना कहरबीच शुल्क बुझाउन निजी स्कुलको ताकेता

  |   प्रकाशित :

काठमाडौं । लकडाउनका बेला निजी विद्यालयहरुले अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका छन् । 

लकडाउनका बेला अनलाइन कक्षा सुरु गरेका निजी विद्यालयहरुले भर्ना, मासिक, वार्षिक र इन्टरनेट शुल्कलगायत शीर्षकमा रकम बुझाउन अभिभावकलाई ताकेता गरेका हुन् ।

शिक्षा मन्त्रालयले गत चैतदेखि नै कुनै पनि शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको थियो । निजी विद्यालय सञ्चालकहरुले मन्त्रालयको निर्देशन उल्लंघन गर्दै शुल्क उठाउन थालेका हुन् । शुल्क लिन विद्यालय प्रशासनले इमेल, टेलिफोन र म्यासेज गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech