चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिकरण गर्योः भाजपाका शीर्ष नेता जोली

  |   प्रकाशित :

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेता विजय जोलीले चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेको बताएका छन् । 

उनले नेपाल र भारतबीचको सम्बन्ध ओली सरकार आएपछि मात्रै स्थापित नभएको भन्दै तेस्रो मुलुकले चाहेर नेपाल भारतको सम्बन्ध नविग्रने बताए । उनले चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेर भारतबिरुद्धको प्रयोगमा लगाएको आरोप लगाए । 

जोलीले प्रधानमन्त्री ओलीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउदै नेपालले चाहेको जमिन दिन भारतका लागि ठूलो कुरा नभएपनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सुरक्षाका दृष्टिकोणले पनि भारतका लागि आवस्यक भएको बताएका छन् । 

उनले नेपाल र भारतबची पछिल्लो समयमा निकालिएको विवादको समाधान भारतले वार्ताबाटै गर्न चाहेको र यो विषयमा वार्ता कोरोना संक्रमको त्रास हटेपछि मात्रै हुने बताए । कुटनीतिक भन्दा अरु बाटोले समाधान नआउने भएपनि अहिले विश्व आफना जनतालाई कसरी बचाउने भन्नेका केन्द्रि भएका बेला कालापानीको वार्तामा भारत बस्न नसक्ने दावी गरे ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता प्रति सदैव सद्भाव राखेको र अहिले दुनियाँ बाच्नका लागि लडीरहेको समयमा भारतका प्रधानमन्त्रीले सहयोग गरीरहरहेको कुरा नेपालले विर्सिएको दावी गरे । उनले भने, ‘भारतले औषधी दिएको छ । नेपाली राजनेता र नेपाली प्रेसले नेपाली जनतालाई गुमरामा नराख्नुस् । भारतको सहयो भएन भनेर नेपालका प्रधानमन्त्रीले भारतको कोरोना भाइरस कडा भन्ने’।

जोलीले भारतले जहिले नेपालको माटोलाई ढोग्ने गरेको र नेपाल भारतको जिवन भएकाले एक कालापानी त के १० कालापानी दिन पनि भारत तयार रहेको तर, कुटनीतिक वार्ता मात्रै स्वीकार गर्न सक्ने बताए । आर्टिफिसियल नक्सा जारी गरेर नेपाल र भारतबीको सम्बन्धमा ओली सरकारको एक्लो आक्रमण नभएको दावी गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech