कोरोना अपडेटः संक्रमित ३ लाख ३४ हजारको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले ५१ लाख ९९ हजार ००८ जना संक्रमित भएका छन् । २० लाख ८४ हजार ७०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख ७९ हजार ६०६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६२१ जनाको अवस्था गम्भीर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech