भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार कट्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा एक लाख १८ हजार ५ सय १ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १४८ जनाको मृत्यु भएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech