शक्तिशाली चक्रवातले लियो ८४ जनाको ज्यान 

  |   प्रकाशित :

काठमाडौं । शक्तिशाली चक्रवात अम्पुनका कारण ८४ जनाको ज्यान गएको छ ।

क्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा आएको बाढी र पहिरो जाँदा ८४ जनाको ज्यान गएको हो । हिजो तटीय क्षेत्रमा चक्रवातका कारण तीव्र गतिमा चलेको हावा र वर्षाका कारण ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै सडकमा बाढी पसेको र एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको छ । बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech