अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

  |   प्रकाशित :

 
क्यालिफोर्निया । अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । 

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो । स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । 

प्राप्त जानकारी अनुसार ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ । योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech