सगरमाथामा चीनको गतिविधि बढ्यो, आधुनिक शिविरको विस्तार

  |   प्रकाशित :

काठमाडौं । सगरमाथामा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । 

सगरमाथा क्षेत्रको मापन गर्न भनेर चिनियाँ विशेषज्ञ र प्राविधिकहरू टेन्ट हालेर त्यही क्षेत्रमा बसिरहेको बताइएको छ । उक्त क्षेत्रको मापन गर्न चिनियाँ वैज्ञानिकहरु निरन्तर लागीपरेको छन् । 

मापन गर्ने क्रममा वसोवास गर्न अस्थाई रुपमा शिविर लगाउने गर्छन् । अस्थाई रुपमा वसोवास गर्दा पनि चिनियाँ नागरिक प्रविधि र सुवाधालाई आत्मसाथ गरेका छन् । प्रविधीलाई आत्मसाथ गरेर रमाइरहेका छन् । उनीहरु तत्काल पाँच हजार २०० कि मी माथिका क्षेत्रहरु मापन गरिरहेका छन् ।

यस क्रममा अस्थायी रूपमा टेन्ट हालेर शिविर नै बसालेका उनीहरूले आधुनिक प्रविधि र सुविधालाई आत्मसात गर्दै रमाइरहेका छन् । आधुनिक टेन्टभित्रै सञ्चार प्रविधिदेखि, जिम, गेम, मसाज, रेस्टुराँ लगायत सुविधा र मनोरन्जनात्मक सेवा राखेको चिनिया सञ्चारमाध्यहरूले बताएका छन् । उक्त क्षेत्रहरुमा चीनले आफ्नो फाइव जीको आधार स्टेशन र सगरमाथाको मापन कार्य भइरहेको निरन्तर चिनियाँ सञ्चारमाध्यमहरुमा खबर आइरहेको छ ।

साथै सन् २०२० मा चिनियाँ प्रभावित क्षेत्रबाट शिखर चढ्ने कार्यक्रममा सहभागी हुने मानिसहरुलाई मध्येनजर राखि आधुनिक शिवरहरुको अभ्यास भइरहेको बुझिएको छ । अप्रिल ३० देखिनै चिनियाँ प्रभावित क्षेत्रमा मापन सुर भइसकेको छ । पाँच हजार मिटरमा शिविर स्थापना गरी अघिल्लो शिविर भने ७ हजार मिटरमा सोही प्रविधिहरुलाई जडान गर्न टोली जाने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech