भारतमा कोरोना संक्रमीतको संख्या १ लाख २४ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमीतको संख्या १ लाख २४ नाघेको छ । त्यहाँ शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको हालसम्मकै बढी नयाँ संक्रमित हुन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७९४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८२४ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६९ हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech