हवाई कारबाहीमा ३३ जना टर्केली सैनिक मारिए

  |   प्रकाशित :

सिरिया । हवाई कारबाहीमा ३३ जना टर्केली सैनिकको ज्यान गएको छ ।

इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा ३३ जना टर्केली सैनिकको ज्यान गएको हो । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् ।

टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो ।

इड्लिबमा केही हप्तादेखि टर्की समर्थित लडाकू र मस्को समर्थित सिरियाली सेनाबीच जारी भिषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech