भारतप्रति कडा रुपमा प्रस्तुत भएका ओली नरम बन्दै, मोदीसँग वार्ताको पहल

  |   प्रकाशित :

काठमाडौं । शुरुमा भारतलाई चेतावनी दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय नरम बन्दै वार्ताका लागि पहल शुरु गरेका छन् ।  

भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओली पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिएका हुन् । 

कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ । ओलीले आफ्नो सम्बन्धको संयन्त्रमार्फत् भारतसँग छलफल गर्ने तयारी गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । 

नेपालले सिमा विवादपछि भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्न सकिने छ । भारतीय विदेश मन्त्रालयले पनि द्विपक्षीय छलफलको वातावरण बनाउन नेपाललाई जोड दिएको छ । यसरी दुवै पक्षबीच वार्तामा जोड दिइएपनि तत्काल वार्ताको सम्भावना देखिएको छैन ।

कोरोना भाइरसको रोकथामका लागि दुवै देशमा लकडाउन भएकाले वार्ता पछिमात्र हुने सम्भावना रहेको छ । कोभिड १९ सहज भएपछि वार्तामा बस्ने भारतको अनौपचारिक भनाईहरु आइरहेका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालले आपत्ती जनाएको थियो । लगत्तै संर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालले नयाँ नक्शा जारी गरेको छ । यसलाई भारतले अमान्य हुने जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech