ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना देखियो, अस्पताल सिल गर्ने तयारी

  |   प्रकाशित :

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सिल गर्ने तयारी गरिएको जनाइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो । 

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech