नेपाली ह्याकरहरूद्वारा भारतलाई ठुलो झट्का, ७ करोड भारतीय आधार कार्डको विवरण ह्याक

  |   प्रकाशित :

काठमाडौं । नेपाली ह्याकरहरूले भारतलाई ठुलो झट्का दिएका छन् । 

भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूको समुहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् । 

नेपालले लिम्पियाधुरा-लिपुलेक-कालापानीसमेतको नक्सा जारी गरेपछि केही भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेको जनाइएको छ । यसको सानो जवाफमा नेपाली ह्याकरहरूले आधार कार्ड विवरण नै ह्याक गरिदिएका हुन् ।

नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । ‘यो खेल उनीहरूले सुरु गरेका हुन्, यसको सानो जवाफमात्रै हामीले दिएका हौं,’ ह्याकिङ समूहका एक सदस्यले भने, ‘हामी अरु फायलमा पनि एक्सेस गर्दैछौं ।’

आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचयत्र पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्तिगत विवरण राखिएको हुन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech