भारत कोरोनाः एकै दिनमा सवा लाखको परिक्षण, सङ्क्रमितको संख्या सवा लाख कट्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । 

प्राप्त जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको हो । भारतमा अहिलेसम्म कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।

भारतमा ६ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech