झुलाघाटमा पहिलोपटक सशस्त्रको बिओपी स्थापना

  |   प्रकाशित :

बैतडी । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ ।

नेपाल–भारत सीमानाका झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले जनाएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथाकीले सो बिओपीको बनिवार उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए । सीमा निगरानी, राजश्व सङ्कलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ ।

आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए । हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech