उपवास बस्नु स्वास्थ्यको लागि लाभकारी, यस्तो छ उपवास बस्नुको फाइदाः

  |   प्रकाशित :

एजेन्सी । मानिसहरु आफ्नो धार्मिक मान्यता अनुसार उपवास बस्ने गर्छन् ।

फरक-फरक धर्ममा मानिसहरु आफ्नो धार्मिक मान्यता अनुसार उपवासका साथै आराधना गर्छन् । वैज्ञानिक दृष्टिले हेर्दा पनि उपवासलाई स्वास्थ्मा लाभ हुने देखिन्छ । उपवास बस्नु स्वास्थ्यको लागि धेरै लाभकारी हुन्छ । 

फाइदाहरु निम्न छन्ः

प्रतिरक्षा प्रणाली बलियो बनाउनः 
उपवासले शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको साथै कोलाइटिस, थकान, कब्जियत र टाउको दुख्ने कम हुन्छ ।

शरीरबाट विष तत्व निकाल्नः 
सामानन्यतया दिनभर जस्तो पनि खाना खान्छौ । एक दिन नखादा त्यो खाना शरीरको वोसो उर्जामा परिर्वतन हुन्छ । पानी मात्र पिउदा शरीरको सबै विष बाहिर निकाली दिन्छ ।

पाचन तन्त्र बलियोः 
उपवास बस्नाले सकरात्कम प्रभाव परी हाम्रो पेट र लिवरमा धेरै आराम प्राप्त हुन्छ ।

तौल नियन्त्रणः 
यदि हप्तामा २ दिन उपवास बस्दा तौल आफै नियन्त्रण हुन्छ ।

ब्लड प्रेसर को स्तर नियन्त्रणः 
डायबेटिज भएका लगभग १० प्रतिशतमा १ व्यक्तिलाई उपवासले लाभ हुन्छ, ब्लड सुगरको स्तर कम गर्न मद्दत गर्छ ।

मानसिक अवस्थामा सुधारः 
उपवासले मानिसको मानसिक स्वास्थ्यमा सकरात्मक असर गर्छ । उपवासपछि ब्लडमा एंडोर्फिनको स्तर धेरै बढ्छ ।

आन्द्रा स्वस्थ्य राख्नः 
उपवासको क्रममा कोहिका ग्लुकोवको साथै वोसो एसिडलाई तोडेर नयाँ कोशिका बन्नमा मद्दत हुन्छ ।

डिप्रेशन कमः 
उपवास मानसिक शान्तीको धेरै विकल्प हुन्छ यसमा तनाव र डिप्रेशनबाट बचाउछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech